PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

गैँडाकोट इंगलिस स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड



रासस

गैँडाकोट इंगलिस स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

नवलपरासी : नवलपरासीको गैँडाकोट इंगलिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ।

ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इंगलिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो।

परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए। आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडौं सानेपामा गरेको कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको हो।

अवार्ड प्रदान गर्दै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिजले नेपालका शैक्षिक संस्थाको शिक्षण सिकाइमा परिवर्तन ल्याउँदै अन्तर्राष्ट्रियस्तरको विद्यार्थी तयार पार्नुपर्ने बताए।

त्यसका लागि नेपालका विद्यालय र नेपाल सरकारसँग बेलायत सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

अवार्ड घोषणा कार्यक्रममा सबै २६ विद्यालयले आआफ्नो विद्यालयबाट प्रस्तुति दिएका थिए। सो प्रस्तुतिमा पनि गैँडाकोट इंगलिस स्कुल उत्कृष्ट भएको छ  

विद्यालयका विद्यार्थीले अवार्ड वितरण कार्यक्रममा विश्वव्यापी समस्याबारे लघु नाटक प्रदर्शन गरेका थिए। विद्यालयका प्राचार्य हीराराल अर्यालले गैँडाकोट इङ्ग्लिस स्कुलले शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै ब्रिटिस काउन्सिलसँग सहकार्य गरेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell