
पाकिस्तान : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले विभिन्न ६९ जनालाई आतङ्ककारीको अतिवाञ्छित (मस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपिके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि आग्रह गरेको छ।
प्रतिव्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मुल्य तोकी उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दु सञ्चारमाध्यमहरूले जनाएका छन्।
पञ्जाव सरकारले केपिके प्रशासनलाई मस्ट वान्टेड सूची उपलव्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि आग्रह गरेको हो।
पञ्जाब सरकारले आफ्नो राज्यमा आतङ्ककारीको सूचीमा रहेका उनीहरू उत्तरपूर्वी प्रान्तमा बसोबास गर्दै आएका तथा उनीहरूको छिमेकी मुलुकसँग साँठगाँठ रहँदै आएको जनाएको दुन्या न्यूजले उल्लेख गरेको छ।
आतङ्ककारीको सूची प्रहरीसहित अन्य सम्बद्ध सुरक्षा निकायलाईसमेत उपलब्ध गराइएको छ। पञ्जावले अतिवादी लडाकू मुलुकको शान्ति तथा अमन चयन र देशको विग्रँदो कानुनी अवस्थाका लागि जिम्मेवार रहेको बताउँदै उनीहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरको छ।
सूचीमा अपराधमा जिम्मेवार व्यक्तिको तहलाई विभिन्न तीन समूहमा बाँडिएको छ।
सूचीमा रहेका ३७ जना आतङ्ककारी विभिन्न समूहमा सम्लग्न रहेको तथा बाँकी अन्य व्यक्ति स्वतन्त्र रूपमा नै आतङ्ककारी गतिविधिमा सम्लग्न हुनेगरेको बताइएको छ। केपिकेले सूचीमा रहेका आतङ्ककारीलाई पक्राउ गर्न विशेष समूह बनाइसकेका जनाएको छ। रासस/सिन्ह्वा