PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सिरिया सङ्कटबारे छलफल गर्न राष्ट्रसङ्घका प्रतिनिधि इरानमा 



रासस

सिरिया सङ्कटबारे छलफल गर्न राष्ट्रसङ्घका प्रतिनिधि इरानमा 
फोटो श्रोतः telegraph.co.uk

इरान :  संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराँले सिरियाली सङ्कटबारे इरानका उच्च अधिकारीसँग छलफल गर्न इरान आइपुगेका छन्।

प्रेस टिभीले जनाए अनुसार मिस्टुराँले इरानी उच्च पदाधिकारीलगायत विदेशमन्त्री मोहम्मद जावेद जरीफ र अरब तथा अफ्रिका मामिला हेर्ने उपविदेशमन्त्री हुसेन जावेरी अन्सारीसँग सिरियाको राजनीतिक सङ्कटबारे समाधानको प्रयास स्वरुप छलफल गर्ने बताइएको छ। 

उनको भ्रमण नयाँ चरणकको सिरिया शान्तिवार्ता हुने तयारी भइरहेको समय भएको र यसमा इरानको भूमिकाबारे केन्द्रीत हुनेछ। मध्य सेप्टेम्बरमा काजकस्तानको राजधानी अस्तानामा हुने एजेण्डा तय गर्न महत्वपूर्ण रहने बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell