PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

ज्यानमारा बन्दै राजधानीका सडक, एक दशकमा १६ सयको ज्यान गयो



पहिलोपोस्ट

ज्यानमारा बन्दै राजधानीका सडक, एक दशकमा १६ सयको ज्यान गयो

काठमाडौं: केहि दिन अघि मात्र पुरानो बसपार्क नजिक बा८३प ५७८७ नम्बरको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापाको मृत्यु भएको हो।

सोही दिन नै विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ काठमाडौँबाट सिन्धुली गइरहेको वा१४च २४९३ नम्बरको जिपले वा३५प ९३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। गाडिको ठक्करबाट घाइते दुर्घटनामा मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो।

राजधानी र घुमाउरो सडकमा मात्र हाइन तराई क्षेत्रको रुपन्देहीको देवदह नगरपालिकाको भलुहिमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा सोही दिनै दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार लु३३प ७०८३ र लु२३प १०२८ नम्बरका मोटरसाइकल ठक्कर खाँदा रामग्राम नगरपालिकाका सुरज चौधरी र सैनामैना नगरपालिका  खेमराज थापाको मृत्यु भएको हो। प्रहरीले सडक जनचेतना नियम जतिनै बनाए पनि सडक दुर्घटना विसबाट उन्नाइस भएको छैन ।

उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमध्ये आधा भन्दा बढी दुर्घटना काठमाडौंमा हुन्छ। देशभर सबैभन्दा बढि दुर्घटना हुने जिल्लामा काठमाडौं नै पर्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।

 

११ बर्षमा गयो १६ सयको ज्यान

एक दशको अवधिमा उपत्यकामा सवारी दुर्घटनाका कारण १ हजार ६  सय ६९ जनाले ज्यान गुमाएका छन्। बर्षेनि सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या थपिदो छ। गतबर्ष मात्र देशभर सावारी दुर्घटनामा परि २३ सय ८० जनाको ज्यान गयो। उपत्यका भित्र सडक दुर्घटना परि १ सय ८२ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १ सय ९९ जना गम्भिर घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आर्थिकबर्ष २०६२-६३ मा उपत्यकामा १ हजार ९ सय  ८९ वटा सवारी दुर्घटना भयो भने ८३ जनाको ज्यान गयो। २०७२-७३ मा ५ हजार ५ सय ५६ सवारी दुर्घटना भयो। त्यसमा  १ सय ६६ जनाले ज्यान गुमाए।

आर्थिक बर्ष २०६७-८७ सालमा सवैभन्दा बढी मानिसले दुर्घटनाका कारण ज्यान गुमाए। सो वर्ष १ सय ७१ जनाले ज्यान गुमाएका थिए। यो बर्ष उपत्यका भित्र ४९ सय ४१ बटा साना ठुला सवारी साधन दुर्घटनामा परेका थिए। चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६४ जनाले दुर्घनाका कारण ज्यान गुमाइसकेका छन्।

यसरी सवारी दुर्घटना परि मृत्यु हुनेहरुमा दुइपाङग्रे सवारी चालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले तयार पार्ने प्रतिवेदनमा पनि कारण भने तिव्रगति, मादक पदार्थ सेवन गरी सवारी चलाउन, सवारी चालक र पैदल यात्रुको लापरबाही, सडकको भौगोलिक अवस्थालाई नै देखिने गरेका छन्।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell