PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

विकास राईको 'घायल चरी'मा पवनको अभिनय



पहिलोपोस्ट

विकास राईको 'घायल चरी'मा पवनको अभिनय

काठमाडौः विकास संगम राईको शब्द तथा स्वर रहेको गीत घायल चरीको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमार्फत सञ्चार क्षेत्रमा आवद्ध रहेका पवन भट्टराईले रंगमञ्चको यात्रा शुरु गरेका छन्।

'घायल चरी' एल्बमको टाईटल गीतको भिडियोमा पवनलाई सञ्चिता शाहीले साथ दिएकी छिन्।

गीट्टमा साजन राईको संगीत रहेको छ। सुजय गौतमले खिचेको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

म्युजिक भिडियो अभिनयपछि राम्रो प्रतिक्रिया आइरहेको डेब्यु मोडल पवन भट्टराईले बताए।

आकास उखेडाले निर्देशन गरेको म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रालीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell