PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राप्रपा (प्रजातान्त्रिक) को चुनावी रणनीति : ठूला दलसँग तालमेल गर्ने निर्णय



पहिलोपोस्ट

राप्रपा (प्रजातान्त्रिक) को चुनावी रणनीति : ठूला दलसँग तालमेल गर्ने निर्णय

काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)ले दुर्इ नम्बर प्रदेशका लागि निर्वाचन रणनीति तयार पारेको छ। 

आइतबार बसेको संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रमा राखी चुनावी रणनीति तयार पारेको हो। 

राप्रपा (प्रजातान्त्रिक)का नेता रामचन्द्र रार्इलार्इ प्रदेश नम्बर दुर्इको संयोजक बनाइएको छ । त्यस्तै, बैठकले महोत्तरीको बर्दिवास र धनुषामा कार्यकर्ता भेला गर्ने निर्णय गरेको राप्रपा (प्रजातान्त्रिक)का नेता सुनिलबहादुर थापाले जानकारी दिए। 

थापाले भने,‘यो बैठकमा हामीले विभिन्न ठूला दलसँग तालमेलको प्रकृया अगाडि बढाउने निर्णय गरेका छौं।’

बैठकले निर्वाचन आयोगसँग चुनाव चिन्ह हलो माग गर्ने निर्णयसमेत गरेको थापाले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell