
भद्रपुर : झापामा ७९ हजार ९१३ जना मतदाता थप भएका छन्। तीमध्ये जिल्ला बाहिरका १५४ जना छन्।
साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउनेको संख्या आठ हजार ७६० छ भने साउन १६ देखि भदौ ३ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा दर्ता गराउनेको संख्या ७१ हजार १५३ रहेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए।
निर्वाचन कार्यालयका अनुसार मतदाता भद्रपुर नगरपालिका चार हजार ४६६, मेचीनगर नगरपालिकामा सात हजार २०४, कनकाई नगरपालिकामा पाँच हजार नौ, विर्तामोड नगरपालिकामा आठ हजार ११९, गौरादह नगरपालिकामा चार हजार ५०३, अर्जुनधारा नगरपालिकामा सात हजार ३१३, दमक नगरपालिकामा छ हजार ६९३ र शिवसत्ताक्षी नगरपालिकामा पाँच हजार ४७१ छन्।
यसैगरी कचनकवल गाउँपालिकामा एक हजार ९२६, बाह्रदशी गाउँपालिकामा दुई हजार ५५६, झापा गाउँपालिकामा एक हजार ८६०, बुद्धशान्ति गाउँपालिकामा पाँच हजार ४२३, गौरीगञ्ज गाउँपालिकामा एक हजार ९९६, कमल गाउँपालिकामा छ हजार १८ र हल्दिबारी गाउँपालिकामा दुई हजार ५९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। रासस