PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु



रासस

प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु
फोटो श्रोतः vietnamnet.vn

हानोई :  प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ। ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन्। 

ती घटनाहरुका कारण २५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद् व्यवस्थापन तथा नियन्त्रण विभागले जनाएको छ। 

हुरि बतास, बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपका कारण एक हजार ३० घरहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

भियतनामको उत्तरी क्षेत्रमा रहेका पहाडी प्रदेशहरु लाओ काई, लाई चाउ र हा जिङमा भीषण वर्षा हुने पुर्वानुमान गरिएको थियो। भीषण वर्षाका कारण थप तीन दिन बाढी पहिरो जाने अनुमान गरिएको छ। 

मन्त्रालयले उत्तरी पहाडी प्रदेशका बासिन्दालाई बाढीपहिरोबाट बच्नका लागि सुरक्षित स्थानतर्फ जान आह्वान गरेको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell