PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दोक्लमबाट भारत र चीनका सेना हट्ने, युद्धको त्रास टर्‍यो



पहिलोपोस्ट

दोक्लमबाट भारत र चीनका सेना हट्ने, युद्धको त्रास टर्‍यो

काठमाडौं : दुई छिमेकी मुलुक चीन र भारतबीच दोक्लम सीमामा रहेको तनाव अन्त्य हुने भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस स्टेटमेन्ट जारी गर्दै केही साता यता भारत तर चिनियाँ बीच कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ।

संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया सुरु भएको वक्तव्यमा जनाइएको छ। दुवै देशका सेना पछि हट्ने विदेश मन्त्रालयले जनाएको छ।

चीनले भुटानसँग जोडिएको सीमामा सडक बनाइरहँदा भारतीय सेनाले त्यसमा अवरोध गर्दै आएको थियो। भारतीय सेना र चिनियाँ सेनाबीच यसै विषयलाई लिएर दुई महिनादेखि 'प्रोपागान्डा वार' जारी थियो। सीमामा दुई देशका सेनाबीच ठेलाठेलको अवस्था भए पनि कुनै मानवीय क्षतिका घटना भएन।

दोक्लमकै तनाव चलिरहँदा भारत भ्रमणमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए। तर कुटनीतिक रुपमा यस विषयमा नेपाल जोडिएन। दोक्लम विवादको विषयमा नेपालले तटस्थ भूमिका निर्वाह गर्‍यो। भारत भ्रमणमा रहेका देउवाले चीन नेपालको असल मित्रदेश भएको बताउँदै चीनबाट नेपाललाई कुनै खतरा नहुने धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell