
भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाका अनुसार उनी घर नजिकैको सडकको नालीमा मृत भेटिएका हुन्।
नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको उनले बताए। प्रहरीले उनको हत्या हो या होइन भन्नेबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।रासस