PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण



रासस

पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

चितवन :  दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन्। 

महासंघले आज आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरे।

जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दैआएका थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। 

२४ वर्षसम्म नेपाली पत्रकारितामा क्रियाशील थपलियाले आगामी दिनमा पनि पत्रकार महासंघलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell