PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो



पहिलोपोस्ट

चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो

काठमाडौं : चीनले भारतीय सेना दोक्लमबाट घर फर्केको पुष्टि गरेको छ। चिनियाँ समाचार संस्था सिन्हवाले ट्विट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको जनाएको छ।

यसअघि भारतको विदेश मन्त्रालयले कुटनीतिक छलफलपछि दुवै देशका सेना क्रमश: दोक्लमबाट पछि हट्ने जनाएको थियो। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको एक घन्टा वित्न नपाउँदै चिनियाँ एजेन्सीले सरकारी आधिकारिक धारणा सार्वजनिक गरेको हो।

भारत र चीन बीच दोक्लम विवाद भएपछि चिनियाँ मिडिया आक्रमक रुपमा उत्रिएको थियो। चीनले भारतीय सेना गैर कानुनी रुपमा चिनियाँ भूभागमा रहेको बताउँदै आएको थियो। दोक्लम विवादले दुई शक्तिशाली मुलुक चीन र भारतबीच सम्बन्ध चिसिएको थियो।
 

भारतीय विदेश मन्त्रालयले भन्यो : दुवै देशका सेना हट्ने

दुई छिमेकी मुलुक चीन र भारतबीच दोक्लम सीमामा रहेको तनाव अन्त्य हुने भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस स्टेटमेन्ट जारी गर्दै केही साता यता भारत तर चिनियाँ बीच कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ।

संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया सुरु भएको वक्तव्यमा जनाइएको छ। दुवै देशका सेना पछि हट्ने विदेश मन्त्रालयले जनाएको छ।
 Follow
Raveesh Kumar @MEAIndia

MEA Press Statement on Doklam Disengagement Understanding


Twitter Ads info and privacyचीनले भुटानसँग जोडिएको सीमामा सडक बनाइरहँदा भारतीय सेनाले त्यसमा अवरोध गर्दै आएको थियो। भारतीय सेना र चिनियाँ सेनाबीच यसै विषयलाई लिएर दुई महिनादेखि 'प्रोपागान्डा वार' जारी थियो। सीमामा दुई देशका सेनाबीच ठेलाठेलको अवस्था भए पनि कुनै मानवीय क्षतिका घटना भएन।

दोक्लमकै तनाव चलिरहँदा भारत भ्रमणमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए। तर कुटनीतिक रुपमा यस विषयमा नेपाल जोडिएन। दोक्लम विवादको विषयमा नेपालले तटस्थ भूमिका निर्वाह गर्‍यो। भारत भ्रमणमा रहेका देउवाले चीन नेपालको असल मित्रदेश भएको बताउँदै चीनबाट नेपाललाई कुनै खतरा नहुने धारणा राखेका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell