PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

भरतपुर महानगरका दुई वडा अध्यक्षले लिए आज शपथ



रासस

भरतपुर महानगरका दुई वडा अध्यक्षले लिए आज शपथ

चितवन : भरतपुर महानगरपालिकाको दुईवटा वडाका वडा अध्यक्षले आज शपथ लिएका छन्। 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराएका हुन्। 

विजयी दुई वडा अध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटाँैडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उनीहरुलाई काम गर्ने बाटो खुलेको हो। 

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडा अध्यक्षले शपथ लिन पाएका थिएनन्। 

यी दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएपनि झिनो मतान्तरको हारमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो।

वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी भएका थिए। 

हेटौँडा इजलासले भदौ ८ गते सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell