
स्याङ्जा : स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो।
ओरालो बाटोमा हाइसको ब्रेक फेल हुँदा वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन्।
घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रहरीले जनाएको छ। रासस