A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69808884cfd9c0.82367788): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69808884cfd9c0.82367788,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69808884d02fd6.84194752): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69808884d02fd6.84194752,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद
PahiloPost

Feb 2, 2026 | २० माघ २०८२

गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद



रमेश वाग्ले

गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद

काठमाडौं : संविधान जारी भएपछि एकाएक सांसद पद छाडेर नयाँ शक्ति गठन गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पुनः संसद् प्रवेश गरेको छ। तराई मधेशमा आधारित राजनीतिक दल थरुहट तराई पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि नयाँ शक्ति संसद् प्रवेश गरेको हो।

२०५२ सालमा ४० बुँदे माग प्रधानमन्त्री समक्ष राखेर संसद छाडेका भट्टराई दोस्रो जन आन्दोलनपछि नेकपा माओवादीबाट ८३ सिट सहित संसद प्रवेश गरेका थिए, विना कुनै निर्वाचन।

संविधान सभाको पहिलो निर्वाचनबाट २ सय ३९ सिट सहितको पहिलो पार्टी हुँदा प्रधानमन्त्रीको कुर्सीबाटै संविधान सभा विघटन गरेका बाबुराम दोस्रो संविधान सभामा ८३ सिटसहित एनेकपा मओवादीका तर्फबाट संसद प्रवेश गरेका थिए। त्यतिखेर उनी संविधान सभाको 'संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति'समेत बनेका थिए। 

आफ्नै नेतृत्वको समितिले टुंग्याएका विवादमा समेत विमति राख्दै नयाँ शक्ति सुरु गरेका बाबुरामले आफूलाई सेन्टर टू लेफ्ट बताउँदै कम्युनिष्ट प्रणालीलाई घुमाउरो रुपमा त्याग्ने घोषणा गरेका थिए।

कुनै समय संसदलाई 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो' बताएर चर्चित बनेका बाबुराम नेतृत्वको नयाँ शक्ति संसदमा प्रवेश गरेको छ। गंगा चौधरी सद्गौवाले फुटाएर बनाएको पार्टी 'थरुहट तराई पार्टी लोकतान्त्रिक'सँगको एकता प्रमाणित भएपछि बाबुरामको नयाँ शक्ति पार्टी एक सिट सहित संसद्माय प्रवेश गरेको हो। संसद त्यागेका बाबुराम भने अझै संसदबाट बाहिर नै छन्।

नयाँ शक्ति पार्टी नेपाल र थरुहट तराई पार्टी लोकतान्त्रिकबीचको एकता निर्वाचन आयोगले प्रमाणित गरेको भन्दै संसद्मा दर्ता भएको पत्र नयाँ शक्तिले आजै पाएको छ। 

'नयाँ शक्ति पार्टी नेपाल र व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिक एक आपसमा संयुक्त भई 'नयाँ शक्ति पार्टी, नेपाल' कायम भएको भनी निर्वाचन आयोगको जानकारी प्राप्त भएकोले उक्त पत्रको प्रतिलिपिसमेत यसैसाथ राखी जानकारीका लागि पठाएको बेहोरा निर्देशानुसार अनुरोध छ,' संसद्ले नयाँ शक्तिलाई दिएको पत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell