PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेपाली युवा गुणराज प्याकुरेल अमेरिकामा सम्मानित



पहिलोपोस्ट

नेपाली युवा गुणराज प्याकुरेल अमेरिकामा सम्मानित

वासिङ्टन डिसी :  नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ। 

युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई अवार्ड प्रदान गरिन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४औंं अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो।

प्याकुरेल युथ फर ह्युमन राइटस् नेपालका राष्ट्रिय प्रतिनिधिका रुपमा कार्यरत छन्। शनिबारसम्म चलेको सम्मेलनमा प्याकुरेललाई विपत्का बेलामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड प्रदान गरेको हो।

 नेपालमा २०७२ को भूकम्पका बेलामा प्याकुरेलको सहभागितामा विश्वका ८५ स्वयंसेवक उद्धार कार्यमा खटिएका थिए। 

अवार्ड नेपालीका लागि अन्तर्राष्ट्रिय फोरममा महत्वपूर्ण भएको भन्दै आफूलाई यस क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको बताए। सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधिको सहभागिता थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell