PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ ६ वर्षदेखि फरार एक अभियुक्त पक्राउ



रासस

भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ ६ वर्षदेखि फरार एक अभियुक्त पक्राउ

मेलम्ची :  भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई सिन्धुल्चोकमा प्रहरीले प्रहरीले पक्राउ गरी आज जिल्ला अदालतमा बुझाएको छ। 

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोकका २९ वर्षीय शिव गिरीलाई ज्यामिरे जाने सडकबाट पक्राउ गरेको हो। 

विसं २०६८ साउन २६ गतेको विशेष अदालतले गिरीलाई तीन महिना २४ दिन कैदकाे फैसला सुनाएको थियो। 

साजय भुक्तान नगरी फरार रहेका विभिन्न मुद्दाका एक दर्जनभन्दा बढी अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत चौतारालाई बुझाइसकिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell