PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षाः मौसम पूर्वानुमान महाशाखा



रासस

न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षाः मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ :  भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ। 

उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए। 

रिमालले भने,‘पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुनेछ, मध्य भेगमा बदली रहेपनि हल्काफुल्का वर्षा गराउने देखिन्छ, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्य खालको वर्षा हुन्छ।’

मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावना छैन। सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ। 

मौसम बदलीका कारण एक/दुई स्थानमा मध्यम वर्षा भएपनि भारी वर्षा चाहिं हुने संभावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताए। 

अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र विराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा सात मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ। 

बदली र वर्षाले काठमाडौँको अधिकतम तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि आजबाट केही चिसो महसुस भएको छ।

आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell