काठमाडौं: बाल कलाकार कुशाग्र भट्टराईको फिचरिङ रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि फिल्म तथा विज्ञापनहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेका कुशाग्र अभिनित 'हाँस भने' बोलको गीत युट्युबमार्फत सार्वजिनक भएको हो।
गीतकार अम्बिका गुरुङद्को शब्द रहेको गीतमा गायिका जुना प्रसाईंको स्वर छ। त्यस्तै प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन रहेको छ। गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलमा राखिएको छ।
आमा र छोराबीचका प्रेमको कथा बोल्ने म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन्। बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन्। हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन्। गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको बताइन्।
हेर्नुस् भिडियो: