PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पोखरा रंगशालामा बोरिङ खनेर खानेपानीको व्यवस्था



रासस

पोखरा :  वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ। 

युवा तथा खेलकूद मन्त्रालयबाट १७ लाख रुपैयाँ निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। 

सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँ साग खेलकूदअन्तर्गत पोखरामा पाँचवटा खेल हुनगइरहेको, खेलकूदका ठूलठूला पूर्वाधार योजना सुरु भएको र खेलकूद मैदानलाई सधैँ हरियाली बनाउन पनि पानी अत्यावश्यक परेकाले बोरिङ खनेर पानी निकालिएको हो।

जमिनबाट झण्डै १५० मिटर गहिराइसम्म खनेर पानी निकालिएको छ। आठ इञ्चको पाइपबाट पानी तानेर दुईवटा भूईं ट्याङ्की बनाएर पानीको सहज आपूर्तिको व्यवस्था गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell