PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

कोलम्बियाको विद्रोही संगठन(फार्क) नयाँ पार्टीमा रुपान्तरित, अब बैधानिकरुपमा सक्रिय हुने 



रासस

कोलम्बियाको विद्रोही संगठन(फार्क) नयाँ पार्टीमा रुपान्तरित, अब बैधानिकरुपमा सक्रिय हुने 
फोटो श्रोतः telesurtv.net

कोलम्बिया :  कोलम्बियाकाे पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) ले नयाँ राजनीतिक पार्टीमा रुपान्तरित हुने प्रक्रियामा रहेको घोषणा गरेको छ। 

अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपन्तरण गर्नुपरेको उनीहरुको भनाइ छ। 

पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार २०० पूर्व लडाकूहरु जम्मा भएका थिए। सम्मेलनको प्रतिनिधिको रुपमा आएका उनीहरुले पार्टीको विधान निर्माणसमेत गर्ने भएका छन्। 

फार्क नेता रोड्रिगो लोन्डोनोले भने,‘यो घटनासँगै फार्क नयाँ पार्टीमा रुपान्तरण हुने प्रक्रिया सुरु भएको छ, यो चाँडै नै वैधानिक रुपमा सक्रिय हुनेछ।’

नयाँ पार्टीको नाम ‘कोलम्बियाज् रिभोलुसनरी अल्टरनेटिभ फोर्स’ रहने भएको छ। कोलम्बियामा अर्को वर्ष राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। तर नयाँ पार्टीले सो निर्वाचनमा आफ्नोतर्फबाट उम्मेदवार उठाउने अपेक्षा भने गरिएको छैन। 

बरु अहिलेकै राष्ट्रपति जोन म्यानुएल सान्तोषकै नेतृत्वको सत्तारुढ दलको उम्मेदवारलाई समर्थन गर्न सक्नेछ। 

कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ। फार्कको सम्मेलन सेक्टेम्बर १ सम्ममा नयाँ पार्टी घोषणा गर्दै सम्पन्न गर्ने तयारी गरिएको छ। 

सान्तोष र लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। सन् २०१८ मा हुने निर्वाचनसम्मका लागि संसद्मा नयाँ पार्टीको १० सिट दिइएको छ। 

शान्ति सम्झौतापछि कोलम्बियामा झण्डै पाँच दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ। न्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell