काठमाडौंः यसवर्षको बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ।
जननायक बीपी कोइराला स्मृति ट्रष्टको सिफारिस समितिको बैठकले सुवेदीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ।
त्यस्तै, ट्रष्टले यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको छ।
पुरस्कार भदौ २४ गते बीपी जयन्तिका अवसरमा प्रदान गरिने ट्रष्टले जनाएको छ ।