काठमाडौं: फिल्म 'छक्कापञ्जा २' रिलिजको तयारीमा छ। फिल्मको दोस्रो गीत सावजनिक गर्नका लागि फिल्म युनिटले कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा दिपाश्री निरौलाले गिरीलाई चुम्बन गरिन्।
दीपकराज गिरीले निर्माण युनिटको तर्फबाट कास्ट र क्रुलाई धन्यवाद व्यक्त गर्दै थिए। उनले युनिटका कलाकारहरुलाई धन्यवाद ज्ञापन गरेपछि दीपाश्री निरौलाको लगनशिलता र निर्देशकिय पक्ष बारे बोल्दै थिए। गिरीको कुरा सुन्दै गरेकी दीपाश्री अलिकति अगाडी सरिन् र गिरीलाई बोल्दा बोल्दै गालामा चुम्बन गरिन्। सबैको ध्यान खिचेको उक्त दृश्यले सबैको ध्यान खिचेको थियो।
कार्यक्रममा उपस्थितहरुबाट 'वान्स मोर'को हुटिङ आएपछि दीपकराज गिरीले निरौलालाई हात समाएर अगाडी ल्याए र पुन: एकपटक दीपाले उनलाई चुम्बन गरिन्। दीपकराज गिरीले ठट्टाको भावमा प्रष्टिकरण दिए। भने,'मैले केही पनि गरेको छैन है।' त्यसपछि उनले दीपाश्री निरौला भावुक भएर खुसी व्यक्त गरेको बताए। भने,'सबै महिला कोमल हुन्छन् त्यसमाथी पनि फिल्म इन्डस्ट्रीका तीन महिला बसुन्धरा भुषाल, सुन्तली र दीपाश्री निरौला निकै कोमल छा। चाडै भावुक हुन्छन्।'
दीपाश्रीले आफ्नो खुसी व्यक्त गर्न अपनाएको शैलीलाई जिस्काउँदै केदार घिमिरे माग्ने बुढाले फिल्मको गोप्य गीत बारे जानकारी दिए। भने गीतको बोल हो,'दियो दियो निरौलाले के दियो?' दीपाश्री निरौलाको जन्मदिनको अवसरमा फिल्म युनिटले 'झ्याम्म झ्याम्म' बोलको गीत सार्वजनिक गरेको हो। यसअघि छक्कापञ्जा २ को नाइलनको सारी बोलको गीत सार्वजनिक छ।