
काठमाडौं : नेपालको पप साम्राटका रुपमा परिचित ओमविक्रम बिष्ट यतिखेर जीवनको कठिन अवस्थाबाट गुज्रिरहेका छन्। कुनै बेला गीत संगीतका लागि कल्पनामा रमाइरहने बिष्ट यतिखेर आफ्नो ज्यान जोगाउने कसरी भन्दैछन्। किड्नी फेलियर भएका कारण जीवनसँगको संघर्षमा छन् बिष्ट।
फेसबुकमा आज उनले एउटा लामो पोस्ट गरे जसमा किड्नी फेलियर भएपछि सहयोग गर्नेप्रति सुभेच्छा र धन्यवाद प्रकट गरिएको छ। अमेरिकामा रहेका उनी अहिले किड्नीको लायलसिस गरिरहेका छन्। किड्नी फेर्नुपर्नेछ उनले। 'यहाँ अमेरिकामा किड्नी भेट्न मैले पाँच वर्ष कुर्नुपर्छ,' उनले लेखेका छन्, 'नेपाल वा भारतमा किड्नी भेट्ने आशामा छु।'
उनले फेसबुकमा गरेको पोस्टको भावानुवाद:
नमस्कार। आज यस दु:खद् घडीमा हजुरहरुको साथ र सहयोगको लागि स-धन्यवाद दिन चाहन्छु। मलाई यस दु:खद् घडीमा साथ र सहयोग गर्न हात बढाउने सबै मित्रहरुमा हार्दिक आभार। नेपालमा एक उत्कृष्ट गायक हुन धेरै मेहनत गरेँ। कैयन पटक त यस क्षेत्रमा हुनु नै गल्ती हो कि जस्तो पनि लाग्थ्यो। तर, आज जुन माया र सहयोग पाएँ त्यसको सबै श्रेय संगीतक्षेत्रलाई नै अर्पण गर्न चाहन्छु। मलाई साथ र सहयोग गर्नुहुने सबै, तथा विशेष रुपमा मदन पाठक, नेपाली काग्रेस अध्यक्ष आनन्द बिष्ट, नानी पोखरेल जस्ले मलाई एउटा अभियान सुरु गर्न मद्त गरिदिनु भयो, सबैप्रति आभार प्रकट गर्दछु। सबैलाई अवगत नै छ आज म डायलसिस गर्दै छु र यहाँ अमेरिकामा किड्नी भेट्न पनि मैले पाँच वर्ष कुर्नुपर्छ। नेपाल वा भारतमा एउटा किड्नी भेट्ने आशामा रहेको छु। यहाँहरुको साथ र सहयोगप्रति फेरि पनि मेरो हार्दिक नमन।