
- चन्द्रकान्त खनाल
बुटवलमा आज आयोजित साक्षात्कारमा सभापति उपाध्यायले सानादेखि ठूला विकास आयोजनामा कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्वको संलग्नता हुने गरेकाले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बताए।
उपाध्यायले राजनीतिक तथा कर्मचारी संयन्त्रको पुरानो नेतृत्व विस्थापन नगरेसम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताए।
नेपालमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनोट, ठेकेदार छनोट हुँदै विकास निर्माणमा भ्रष्टाचार हुने गरेको जिकिर गरे।
उनले एनसेलको राजश्व छुट, आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको संलग्नता र संरक्षण रहेको बताए।