PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

स्पोर्ट्स अवार्डलाई साहस स्पोर्ट्सको साथ, ३ लाख बराबरको किट्स प्रदान गर्ने



पहिलोपोस्ट

स्पोर्ट्स अवार्डलाई साहस स्पोर्ट्सको साथ, ३ लाख बराबरको किट्स प्रदान गर्ने

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गरेको छ।

सोमबार एक कार्यक्रमका बीच एनएसजेएफका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रायोजनपछि साहस स्पोर्ट्सले टिसर्ट, क्याप र अवार्डको मनोनयनमा पर्ने खेलाडी, खेलकर्मीलाई ट्रयाकसुट गरि ३ लाख रुपैयाँ बराबरको सहयोग गर्ने सम्झौतामा उल्लेख छ।

साहसले एनएसजेएफलाई किट्स मात्र प्रदान गर्ने रकम निदने एनएसजेएफका अध्यक्ष आचार्यले जानकारी दिए।

केही महिना अघि मात्र स्थापना भएको साहस स्पोर्टसले विभिन्न खेल सामाग्री उत्पादन गर्दै नेपालका विभिन्न खेलसँग सहकार्य गरिसकेको छ। साहसले यसअघि न्यू डायमण्ड भलिबल टिमलाई प्रायोजन गरिसकेको छ भने प्रतिभा मालीलाई ब्राण्ड एम्बेसडर बनाएको छ।

सम्झौता पछि साहस स्पोर्टसका अध्यक्ष समेत रहेका न्यौपानले नेपाली खेल क्षेत्रकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुशी भएको बताए। ‘पल्सर स्पोर्ट्स अवार्ड खेलकुदकै एकमात्र प्रतिष्ठित अवार्ड हो’ भने, 'भविष्यमा पनि यो सहकार्य निरन्तर रहनेछ।’

यस्तै एनएसजेफका अध्यक्ष आचार्यले स्पोर्टस अवार्ड सबै खेलपत्रकारहरुकँ साझा अवार्ड भएको बताउँदै त्यसमा सहयोग गरेको सहास स्पोर्टसलाई धन्यवाद दिँदै भविष्यमा पनि सहकार्य निरन्तर रहनेमा विश्वास व्यक्त गरे।

हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्डमा डिस होम एक्सन स्पोर्टस, सूर्य नेपाल, रुस्लान फुटबल, साहस स्पोर्टस्, रोयल सिंगी, टिएचटी लाइभ, राष्ट्रिय खेलकुद परिषद्, एभिन्यूज टेलिभिजन साझेदारका रुपमा रहेका छन्।

यही भदौ २६ गते प्रज्ञा भवनमा हुने अवार्ड एभिन्यूजले प्रत्यक्ष प्रसारण गर्नेछ भने विभिन्न ८ विभामा अवार्ड प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell