PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

गुन्डा नाइके साजन पक्राउ



पहिलोपोस्ट

गुन्डा नाइके साजन पक्राउ

काठमाडौं : कुनै समय सामाखुसी क्षेत्रमा गुन्डागर्दी गर्दै आएका साजन महर्जनलाई प्रहरीले पक्रेको छ। ब्यापारीलाई धम्काएको अभियोगमा साजनलाई सोमवार दिउँसो समातिएको हो।

राजनीतिक दलको आश्रयमा गुन्डागर्दीमा सक्रिय हुने गरेका महर्जन केही समयदेखि भने निष्कृय रहेका छन्। महर्जन बालुवा, गिट्टी लगायत निर्माण सामग्रीको कारोबार पनि गर्थे। महानगरीय प्रहरी परिसरको प्रमुख भएर एसएसपी रविन्द्र धानुक आएको तेस्रो दिनमा नै गुन्डा नाइके चक्रे मिलन पक्राउ परेका थिए। पक्राउ गरिएका मिलनलाई अदालतबाट सार्वजनिक अपराध मुद्धा अभियोगमा सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell