PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

फ्रुटीको फ्याक्ट्रीमा प्रहरीको छापा



पहिलोपोस्ट

फ्रुटीको फ्याक्ट्रीमा प्रहरीको छापा

काठमाडौः दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा प्रहरीले छापा मारेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कम्पनिमा सोमवार दिउँसो छापा मारेको हो। 

कम्पनीले उत्पादन गर्ने फ्रुटी बनाउन प्रयोग गर्ने कच्चा पदार्थ डेट एक्सपायर भेटिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले बताए। अनुगमनको क्रममा फुट्री बनाउने पदार्थमा मिति गुज्रिएको भेटिएको छ। हामीले कम्पनी सिल गरेका छौं। 

कम्पनी सिलसँगै प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा समेत लिएको छ। लोहनीले बुधवारबाट मात्र महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell