PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

एमालेको जनवर्गीय संगठनद्वारा बाढीपीडितलाई दुई लाख सहयोग



पहिलोपोस्ट

एमालेको जनवर्गीय संगठनद्वारा बाढीपीडितलाई दुई लाख सहयोग

बनियानी: नेकपा एमालेका दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि दुई लाख दुई हजार १११ रुपैयाँ हस्तान्तरण गरेका छन्।

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताए।

एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी दिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell