
वाइल्ड कार्डबाट युएस ओपनमा प्रवेश पाएकी रसियन मारिया सारापोभाले पहिलो खेलमै विश्व नम्वर दुई खेलाडीलाई पराजित गर्दै ड्रामाटिक कमब्याक गरेकी छिन्।
अमेरिकाको न्यूयोर्कमा २४ हजार दर्शक अगाडी भएको खेलमा सारापोभाले जर्मनीकी सिमोना हालेपलाई ६-४, ४-६,,६-३ ले पराजित गरेकी हुन्।
३० वर्षीय सारापोभाले १५ महिनाको प्रतिवन्धपछि पहिलो पटक ग्राण्ड्सलाम टेनिस खलिरहेकी छिन्।
२००६ को युएस ओपन च्याम्पियन सारापोभाले यस प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा प्रवेशका लागि वाइल्ड कार्डको सहारा लिनुपरेको थियो। हाल सारापोभा १४६औँ वरीयतामा छिन्।
सारापोभाको नाम हालेपसँगै ड्र मा परेपछि नै यस खेलले सबैको ध्यान तानेको थियो।
डोपिङको प्रतिवन्धपछि सारापोभा गत मे'मा खेलमा फर्केका थिए। तर त्यसपछि पनि चोटसँग संघर्ष गरिरहेकी थिइन्।
सन् २०१६ को अष्ट्रेलियन ओपन क्वार्टरफाइनलमा सेरेना विलियम्ससँग पराजित भएपछि ग्राण्ड्सलाममा सारापोभाको यो पहिलो खेल हो।