PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

यी हुन विश्वका ५ महँगा खेलाडी, रोनाल्डो पाँचौ नम्बरमा



पहिलोपोस्ट

यी हुन विश्वका ५ महँगा खेलाडी, रोनाल्डो पाँचौ नम्बरमा

फ्रान्सेली युवा फरवार्ड ओसमान डेम्बेले पउल पोग्वालाई पछि पार्दै विश्वकै दोस्रो महँगा खेलाडी बनेका छन्।

एक महिनाअघि मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका ब्राजिलियन फरवार्ड नेमार विश्वकै महँगा खेलाडी बनेका थिए।

नेमार र डेम्बेलेलको महँगो ट्रान्फरपछि विश्वका महँगा खेलाडीको सूचीमा पनि फेरबदल भएको छ।

एक महिना अगाडि मात्र विश्वका महँगा खेलाडी रहेका फ्रान्सकै पउल पोग्वा तेस्रो स्थानमा झरिसकेका छन्।

विश्वका ५ महँगा खेलाडीमध्ये ३ जना ला लिगामा खेल्छन भने १/१ जना प्रिमियर लिग र फ्रेन्च लिग वान बाट खेल्छन्।

 

यी हुन् विश्वका पाँच महँगा खेलाडी

 

१. नेमार २२२ मिलियन युरो

नेमारलाई बिहीबार पिएसजीले बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन्। नोउ क्याम्पमा मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लगाउनेछन्।

 

२. ओसमान डेम्बेले १०५ मिलियन युरो (१५० सम्म बढ्न सक्ने)

स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। पाँच वर्षको लागि नोउ क्याम्प क्लबमा खेल्ने गरी डेम्बेलेसँग ५ वर्षको लागि सम्झौता भएको हो।

 

३. पउल पोग्वा १०५ मिलियन युरो

पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलयन युरोमा युभेन्ट्सबाट किनेको थियो।

 

४. गारेथ बेल १००.८ मिलियन युरो

वेल्सका गारेथ बेल सन् २०१३ मा त्यस बेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।

 

५. क्रिस्टियानो रोनाल्डो ९४ मिलियन युरो

बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा ९४ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell