PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

फिल्म 'टिनएज'को पहिलो पोस्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'टिनएज'को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं: फिल्म 'टिनएज'को फस्टलुक आउट भएको छ। फिल्म युनिटले कार्यक्रम आयोजना गरी दुई पोस्टर, ट्रेलर तथा पहिलो गीत सार्वजनिक गरेको हो। सुचना तथा सञ्चा राज्य मन्त्रि तोप्त बहादुर विष्टको प्रमुख आतिथ्यमा फिल्मको प्रचारप्रसार सामग्री सार्वजनिक भयो।

टिनएज हेलेन पाख्रिन फिल्मस् प्रोडक्शनको पाचौं प्रस्तती हो। फिल्मलाई दुई दशकदेखि सक्रिय नृत्य निर्देशक दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। स्वर्गिय बसन्त जंग रायमाझिको कथामा सुमन उप्रेतिको पटकथा तथा संवाद रहेको फिल्मको सार्वजनिक गीतहरुमा बिकास चौधरी र बसन्त सापकोटाको संगित रहेको छ। त्यस्तै डाक्टर कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ। दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहले कोरियोग्राफ गरेका हुन्।



किशोरावस्थामा हुने प्रेम, रोमान्स, बदला तथा बियोगले निम्त्याउने घटना फिल्मको मुख्य कथा रहेको बताइएको छ। फिल्ममा एन्जिला खड्गी, नरेश बिर सिं, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का, सरिता राजउपाध्याय, निर्मल स्याङतान, रेशम फिलीलि, माया मगर लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने अनिल गौतम सम्पादक हुन्।

फिल्म यही असोज २७ देखि प्रर्दशन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell