PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

राष्ट्रसङ्घका महासचिवसँग ‘इजरायल विरोधी विभेद’ हटाउन राष्ट्रपति रेउभेनको आग्रह



रासस

राष्ट्रसङ्घका महासचिवसँग ‘इजरायल विरोधी विभेद’ हटाउन  राष्ट्रपति रेउभेनको आग्रह
फोटो श्रोतः jpost.com

जेरुसेलम : इजरायली राष्ट्रपति रेउभेन रिभलिनले इजरायल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग ‘इजरायल विरोधि विभेद’ अन्त्य गर्न केही प्रयास गर्न आग्रह गरेका छन्। 

उनले विश्वको एकमात्र यहुदी राज्य इजरायलमाथि लक्षित गरी हुने गरेका काम र चेतावनीले इजरायलको अस्तित्वमाथि प्रश्न उठाइने गरेको र यो इजरायलका लागि स्वीकार्य नहुने बताए।

जेरुसेलममा राष्ट्रपति रिभलिनले महासचिव गुटेर्रेससँग इजरायल विरोधी विभेद कुनै पनि मुल्यमा अन्त्यहुनुपर्ने बताउँदै उनले यसमा राष्ट्रसङ्घको पहल जरुरी रहेको बताए।  

राष्ट्रसङ्घको सदस्य कुनै पनि राष्ट्रले यस किसिमको विभेद गर्न नपाउने उल्लेख गर्दै उनले विभेदकारी कामले राष्ट्र–राष्ट्रबीचको सहकार्यलाई कमजोर बनाउने र यो अन्तर्राष्ट्रिय कानुन विपरित भएको बताए। 

भेटमा गुटेर्रसले आफ्नो कार्यकालमा इजरायलको यो मागलाई राष्ट्रसङ्घको महासभामा राख्ने र इजरायललाई समान रूपमा व्यबहार गरिने विश्वास दिलाएका थिए। 

गुटेर्रेसले कतिपय इजरायली अडानमा विमति राख्ने गरेको भएपनि इजरायल र प्यालेष्टिनीबीच शान्ति कायम गर्न चाहेको आफूले पाएको राष्ट्रपति रिभलिनले बताए। 

गुटेर्रेस आइतबार राति इजरायलको तेल अभिभमा आएका र तीन दिने भ्रमणका क्रममा उनले इजरायल तथा प्यालेष्टिनबीचको समस्या समाधानमा पहल गर्ने बताए। 

गुटेर्रेस इजरायली नेताहरूसँगको भेटपछि रामल्लाहमा गई प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासलाई भेट्ने कार्यक्रम रहेको छ। रासस/ सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell