
गौशाला : महोत्तरीको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।
ट्याक्टरको ठक्करबाट गौशाला नगरपालिका–११ लक्ष्मीनियाँका ७० वर्षीय महादेव यादवको मृत्यु भएको हो।
ना ४ त ८६४४ नम्बरको ट्याक्टरबाट खसेका यादवको साेही ट्याक्टरले किचेको थियो। रासस