
कपिल शर्माको सो का लागि पुगेको अजय देवगानको वादशाहो टिम सेटमा पुगेर फर्केको छ। गत जुलाइ यता सिंगल सट फ्रेमको सेटबाट फर्केको यो सातौ समूह हो। दुई वटा सुटिङ क्यान्सिल हुनुमा कपिल शर्माको स्वास्थ्य कारण रह्यो। पटकपटक सो सुटिङ रोकिनु र कलाकार फर्किनुलाई सोनी टेलिभिजनले कडा रुपमा लिएको छ र कपिल शर्मालाई चेतावनी दिएको छ।
बलिउड लाइफलाई उदृत गर्दै हिन्दुस्तानटाइम्सले जनाएअनुसार वादशाहोको टिम सुटिङ नभइ फर्किएपछि कपिलको व्यवहारलाई लिएर टेलिभिजनमा छलफल भएको थियो। वादशाहोका कलाकारहरु सेटमा पुगे पनि कपिलको गैर व्यवसायिक व्यवहारले उनीहरुलाई चिढ्याएको हो।
'च्यानल धेरै दवावमा छ। कपिललाई मौखिक रुपमा चेतावनीसमेत दिइएको छ। कपिललाई खराब अवस्थाका वावजुद सोनीले स्थान दिइरहेको छ तर यस्तै अवस्था रह्यो भने उनको सो नरहन सक्छ,' स्रोतले भन्यो।
सोनी टेलिभिजनलाई यसबारे सोध्दा नोटिस दिएको हाल्लामात्र भएको जनाएको छ।
सुनिल ग्रोभरसँगको झगडा पछि कपिल शर्माको सोले टिआरपी गुमाउँदै आएको छ। दी कपिल शर्मा सोलाई डान्स प्लस ३, खतरो के खिलाडी र अमुल सारेगम लिल च्याम्सले उछिनिसकेका छन्।
अजय देवगानमात्र होइ यसअघि शाहरुख खान, अर्जुन कपुर र परेश रावलसमेत कपिल शर्मा सोमा पुगेर फर्केका छन्। सलमान खानले त कपिल शर्मा सोमार्फत् प्रमोसन नै गरेनन्। कपिल शर्मा अल्कोहलिक भएको या डिप्रेसनमा गएको भन्ने चर्चा चल्नसमेत थालेको छ। कपिलले डिप्रेसनको विषयमा भने फेसबुकबाट गलत भनेका छन्।