PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

दीपिका पादुकोणलाई पद्मावतीमा हिरोहरुलाई भन्दा ३ करोड बढी पारिश्रमिक



पहिलोपोस्ट

दीपिका पादुकोणलाई पद्मावतीमा हिरोहरुलाई भन्दा ३ करोड बढी पारिश्रमिक

पहिलो पटक हिरोको पारिश्रमिकभन्दा बढी हिरोइनको हुने भएपपछि भारतीय सिनेमामा नयाँ इतिहास बन्ने निश्चित भएको छ। परम्परा भत्काउँदै दीपिका पादुकोणले फिल्म पद्मावतीमा हिरोको भन्दा बढी पारिश्रमिक लिने भएकी हुन्।

सञ्जय लिला भन्सालीको ऐतिहासिक फिल्म पद्मावतीले दीपिकालाई दिने पारिश्रमिक भारतीय फिल्म इतिहासमा नै पहिलो घटना हुँदैछ। हरेकजसो बलिउड फिल्ममा हिरोको आम्दानी हिरोइनको भन्दा धेरै अन्तरमा बढी हुने गरेको छ। दीपिकाले यस फिल्मबाट सबैभन्दा धेरै पारिश्रमिक पनि पाउँदैछिन्।

त्यसो त सञ्जय लिला भन्सालीले प्रस्ट रुपमा भनेका छन् – पद्मावती दीपिका पादुकोणको फिल्म हो।

पद्मावतीको पारिश्रमिकमाथि धेरैखाले हल्लाहरु सार्वजनिक भए पनि भन्सालीले फिल्म दीपिका केन्द्रित हुने प्रस्ट पारिसकेका छन्। फिल्ममा 'हिरो' दीपिका नै हुन्। 

फिल्मका लागि दीपिकाले १३ करोड रुपैयाँ घर लैजाने छिन् भने हिरोहरु रणवीर सिंह र शाहिद कपुरले जनही १० करोड रुपैयाँ। 
फिल्म यसै वर्षको नोभेम्बरमा रिलिज हुनेछ। दिल्लीका राजपुत महारानी पद्मावतीको कथामा आधारित छ फिल्म।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell