PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डा. गोविन्द केसी अस्पताल भर्ना, सिभिएर ग्यास्ट्राइसिस भएको अनुमान



पहिलोपोस्ट

डा. गोविन्द केसी अस्पताल भर्ना, सिभिएर ग्यास्ट्राइसिस भएको अनुमान
फाइल फोटो

काठमाडौंः प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। हिजोदेखि अत्याधिक पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ । केसीलाई  सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

डा. केसी अस्वस्थ हुँदाहुँदै गत गतसाता बाढीपीडितको उपचारका लागि सप्तरी गएका थिए। सप्तरीमा पनि विरामी भएपछि केसीलाई स्लाइन चढाइएको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell