PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

सुस्तामा भेटिए दुईवटा एकसिंगे गैँडा 



रासस

नवलपरासी :  नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन्। 

बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउँपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेका स्थानीयवासीले बताएका छन्। ती गैँडा गाउँमा वरिपरी घुमिरहेकाले स्थानीयवासी त्रसित बनेका छन्।

आफूहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन्।  गैँडा गाउँ पस्ने हो कि भन्ने डरले प्रहरी गैँडाको निगरानी गरिरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell