PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

'ऐश्वर्य'को रिलिज टार्गेट लक्ष्मी पूजाबाट छठमा सारे रमेश उप्रेतीले



पहिलोपोस्ट

'ऐश्वर्य'को रिलिज टार्गेट लक्ष्मी पूजाबाट छठमा सारे रमेश उप्रेतीले

काठमाडौं: लक्ष्मी पूजाको अवसर पारेर कार्तिक २ गतेबाट प्रदर्शनमा ल्याउन लागेको फिल्म 'ऐश्वर्य'को रिलिज टार्गेट पछि ढकेलिएको छ। फिल्म अब कार्तिक ९ गते प्रदर्शनमा आउने भएको हो। फिल्म युनिटले छठको बिदालाई रिलिज टार्गेट गरेको हो।

फिल्म सार्वजनिक पछाडी धकेलिएको बारे फिल्मका निर्माता एवं अभिनेता रहेका रमेश उप्रेतीले पुष्टि गरेका हुन्। भने,'फिल्मका बिक्रेता र निर्माण युनिटसँगको सल्लाहमा फिल्म रिलिज एक साता ढिला गर्ने भएका हौं।' लामो समयको विदेश बसाइ पछि उनले नेपाली फिल्म निर्माणमा हात हालेका हुन्। फिल्म ब्रासलेटमा अभिनयमार्फत कमब्याक गरेपनि फिल्म असफल ठहरियो।

निर्देशक दीवाकर भट्टराईले दिएको जानकारी अनुसार फिल्म रिलिज धकेलिनुको मुख्य कारण कार्तिक २गते पर्दामा एकसाथ आउन लागेका नेपाली फिल्महरु रानी र रुद्रप्रिया र बलिउड फिल्म गोलमाल ४ र सेक्रेट सुपरस्टार हुन्। भने,'प्रतिस्पर्धाको भावले फिल्म बनाएका हैनौं। किन जुधाउनु भनेर सहमतीमै रिलिज एक साता पछाडी सारेका हौं।'

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरमा प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ। छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell