PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आतङ्ककारी आक्रमणबाट म्यानमारको राखिनमा पाँच गाउँलेको मृत्यु



रासस

आतङ्ककारी आक्रमणबाट म्यानमारको राखिनमा पाँच गाउँलेको मृत्यु

याङ्गुनः म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारी आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ। 

करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीले गरेका आक्रमणमा परी गाउँलेको मृत्यु भएको हो।  

माउङ्गताउ राज्यमा गत आइतबार पनि उनीहरुले सात वटा गाउँ र एउटा प्रहरी जाँच चौकीमा आगजनी गरेका थिए।  आक्रममणमा परी ११० जनाको मृत्यु भएको थियो। 

सो क्षेत्रमा अहिले पनि अवस्था निकै अशान्त रहेको पाइएको छ। प्रहरीले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको जनाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell