PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

उज्यालो शिक्षा कार्यक्रमअन्तर्गत गुल्मीमा २ हजार ८ सय सोलर प्यानल वितरण



पहिलोपोस्ट

उज्यालो शिक्षा कार्यक्रमअन्तर्गत गुल्मीमा २ हजार ८ सय सोलर प्यानल वितरण

बुटवलः नेपाल सरकारको उज्यालो शिक्षा अभियान कार्यक्रमअन्र्तगत गुल्मीमा सोलर बितरण गरिएको छ।

जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, खुमलटारको सहयोगमा गुल्मीका  विभिन्न विद्यालयमा २ हजार ८ सय वटा सोलर प्यानल वितरण गरिएको हो।

विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई १० वाटको सोलार प्यानल र २ वटा बल्ब  बितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

लोडसेडिङ भएको समयमा पनि विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नपुगोस् भन्ने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो।

उज्यालो शिक्षा अभियानअन्तर्गत अहिले रोल्पा, रुकुम, जाजरकोट गुल्मीलगायतका जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको सौर्य रोस्नी प्रालिले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell