PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आगलागीबाट सोलुखुम्बुमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति



रासस

आगलागीबाट सोलुखुम्बुमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति

सोलुखुम्बु :  सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ। 

पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको हो। घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो सुरु भएको जनाइएको छ। 

भान्छा कोठाबाट आगलागी सुरु भएको थाहा पाएपछि शेर्पा निस्किएर भागेकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीबाट सवै  सरसामान नष्ट भएपछि अहिले उनी छिमेकीको घरमा शरण लिएर बसेकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell