PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

राप्रपा (प्रजातान्त्रिक)को उपाध्यक्षमा सुब्बा र महामन्त्रीमा लामा चयन



पहिलोपोस्ट

राप्रपा (प्रजातान्त्रिक)को उपाध्यक्षमा सुब्बा र महामन्त्रीमा लामा चयन

काठमाडौंः  राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उपाध्यक्षमा रामकुमार सुब्बा र महामन्त्रीमा रेशम लामा चयन भएका छन्। 

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा आज बसेको बैठकले पार्टीको उपाध्यक्ष र महामन्त्रीमा क्रमशः सुब्बा र लामालार्इ चयन गरेको हो। 

पार्टीको संगठन विस्तार गर्न बसेको बैठकले सुब्बा र लामालार्इ क्षमताको मुल्याकंन गर्दै उपाध्यक्ष र महामन्त्री चयन गरेको नेता सुनिलबहादुर थापाले पहिलोपोस्टलार्इ बताए।   

उनले भने, ‘पार्टीले संगठन विस्तारको काम गरिरहेको छ। अहिले त्यसै विषयमा बैठकसमेत बसेको छ।‘

कमल थापाको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएर राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन भएको हो। राप्रपा प्रजातान्त्रिक अहिले संगठन विस्तारसँगै चुनावी तयारीमा लागेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell