PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

जनकपुरमा एमालेको कार्यक्रममा राजपाको अवरोध प्रयास, देखाए कालोझण्डा



पहिलोपोस्ट

जनकपुरमा एमालेको कार्यक्रममा राजपाको अवरोध प्रयास, देखाए कालोझण्डा

काठमाडौः जनकपुरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्न पुगेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका छन्। 

जनकपुरको  रामानन्द चोकमा भएको कार्यक्रममा राप्रपा कार्यक्रताले कालो झण्डा देखाउदै कार्यक्रमस्थलमा ढुङ्गा प्रहार गर्ने प्रयास गरेका हुन्।
 
ढुङगा लागि एक साइकल यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय धुनुषाका डिएसपी प्रवीण धितालले पहिलोपोस्टलाई जानकारी दिए।

डिएसपी धितालले भने,‘ अहिले अवस्था सामान्य छ केही अवरोध गर्न खोज्नेलाई प्रहरीले नियन्त्रण गरेको हो।’

कार्यक्रममा बरिष्ठ नेता नेपाल, गोकर्ण विष्टलगायत एमाले नेताहरुको सहभागिता थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell