
नीरज बोरा बलिउडमा चिनिएका अनुहार र निर्देशक। हेरा फेरि, फिर हेरा फेरी र चाची ४२० जस्ता फिल्मको निर्देशक रहेका उनलाई धेरैले कम्पनी, पुकार, रङ्गिला, सत्या जस्ता फिल्ममा गहकिलो अभिनयकै कारण चिन्छन्।
हेरा फेरी र फिर हेरा फेरी जस्ता सुपरहिटको तेस्रो सिक्बेलको प्रतीक्षा अझै लम्बिने भएको छ। रिपोर्टहरुलाई मान्ने हो भने तेस्रो हेराफेरि अहिलेलाई पोस्टपोन्ड नै भएको छ। अरु कारण सार्वजनिक नभए पनि एउटा प्रमुख कारण भने नीरज बोराको अनुपस्थिति नै हो।
विगत १० महिनादेखि नीर बोरा अचेत छन्। हर्ट अट्याकपछिको ब्रेन स्ट्रोकले उनलाई अचेत बनायो। २०१६ को अक्टोबर १९ देखि यता उनी कोमामा छन्। अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा लामो समय उनको उपचार भयो। पछि उनलाई उनका मित्र फिरोज नादिदवालाको घरमा राखियो र त्यही इन्टेन्सिभ केयर युनिट बनायो। उनी अझै कोमामै छन् तर केही सुधार भएको उनका नजिककाहरुले जानकारी दिए।
उनको आगामी फिल्म हेराफेरी ३ हाललाई रोकिएको छ। फिल्ममा अमिताव बच्चन र जोन आब्रहमलाई लिइएको थियो। अक्षय कुमार, सुनिल सेट्टी, परेस रावलको दुई सिक्बेलको निरन्तरता भने यसमा हुन सकेको थिएन विशेषगरी तिनै कलाकारले समय मिलाउन नसक्दा।