PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

काबुलस्थित अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमण, चार जनाको मृत्यु



रासस

काबुलस्थित अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमण, चार जनाको मृत्यु
फोटो श्रोतः independent.co.uk

काबुल :  अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। 

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।

कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विष्फोट गराएका थिए। स्थानीय समय अनुसार मङ्गलबार विहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन। 

इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell