PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

राष्ट्रसंघलाई तत्काल सुरक्षा परिषदको बैठक बोलाउन जापान र अमेरिकाको आग्रह



रासस

राष्ट्रसंघलाई तत्काल सुरक्षा परिषदको बैठक बोलाउन जापान र अमेरिकाको आग्रह
फोटो श्रोतः Reuters

सोल :  उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्। 

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुँदै जापानको नै समुन्द्रमा झरेपछि उनीहरुले सुरक्षा परिषद्को बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह गरेका हुन्। 

उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया र दक्षिण कोरियाले निन्दा गरेका छन्। 

जापानी प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्र परीक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताउँदै संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउन आह्वान गरेका छन्। 

जापानको उत्तरी हकाइदो टापूको करिब तीन सय किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो। 

उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सुचना गराउने साइरन बजेको र मानिसहरुलाई भूइँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो। 

सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परीक्षण जापानको आकाशमा गएको थियो। प्याेङ्याङ्ले यसलाइ सेटलाइट परीक्षण भनेको थियो।

वासिङ्गटन, सोल र टोकियोले यसलाई गैरकानूनी एक अन्तरमहादेशीय व्यालेस्टिक परीक्षण भनेका थिए। 

उत्तर कोरियाले आठ वर्षयता लगाताररुपमा गर्दै आएको क्षेप्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो। 

प्याङ्गयाङ्गले हालै अमेरिकी मूल भूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेको बताउँदै आएको छ। 

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell