PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

काठमाडौंको कुलेश्वरस्थित गाडीको पाटपुर्जा गोदाममा आगलागी



पहिलोपोस्ट

काठमाडौंको कुलेश्वरस्थित गाडीको पाटपुर्जा गोदाममा आगलागी

काठमाडौः काठमाडौंको कुलेश्वरस्थित ग्लोबल बैक अगाडि रहेको गाडीको पार्टपुर्जा रहेको गोदाममा आगलागी भएको छ। 

विद्युत सर्ट भई रामकृष्ण बैदारको गोदाममा आगलागी भएको हो।

आधाघण्टापछि आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत कालिमाटीले जनाएको छ। तीन वटा दमकल, १० वटा पानीका ट्याङकर, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणा लिइएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell