PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

पत्रकार हरिबहादुर थापाको ‘रजगज’ विमोचन



रासस

पत्रकार हरिबहादुर थापाको ‘रजगज’ विमोचन

काठमाडौँ : राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक आज विमोचन भएको छ। 

३५४ पृष्ठको पुस्तकमा रबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन विषय सूची रहेको छ । 

उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताए। 

उनले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख गरिन्। “भ्रष्टाचार अति भइसक्यो, यसले देशलाई बर्बादीतर्फ लगिरहेको छ, ‘एकथरि सोरेर खाने अर्कोथरी नाङ्गिएर बाच्नुपर्ने’ अवस्था रहेकाले अब, भ्रष्टाचारविरुद्ध अभियान नै चलाउनुपर्छ,”–पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्। 

उनले राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएको र यसमा पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा जोड दिइन्। 

पुस्तकका लेखक थापाले लामो समयको अध्ययन र तथ्यपरक रुपमा लेखिएको पुस्तकमा राणाकालदेखि अहिलेसम्मको अवस्थालाई उजागर गरिएको बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell