PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

एमालेको झण्डा जलाउने पाँच जना पक्राउ



राधेश्याम पटेल

एमालेको झण्डा जलाउने पाँच जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले एमालेको झण्डा जलाउने मधेसी जनअधिकार फोरम मधेसका पाँच जना कार्यकर्तालाई आज साँझ ६ बजे घण्टाघरबाट पक्राउ गरेको छ।

प्रहरीले वीरगंज– १९ का सतोष कुमार साह, छिपहरमाई गाउँपालिका वडा २ का अजय साह, वीरगंज –१६ का जीतेन्द्रकुमार साह, वीरगंज– १० का पंडित यज्ञदेव आचार्य र वीरगंज –१० कै गणेश साहलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।

पर्साका प्रहरी प्रवक्ता प्रेमबहादुर शाहीका अनुसार घण्टाघरमा आयोजित वीरगंजका भाग्यनाथ गुप्ता नेतृत्वको पार्टीको कोण सभाको अवस्थामा एमाले पार्टीलगायत अन्य पार्टीको झण्डा जलाउने काम गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

तर झण्डा जनताले जलाइरहेको अवस्थामा आफना कार्यकर्ताहरुलाई पक्राउ गरिएको फोरमका नेताहरुले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell